प्यूठान । भुसवाङ खोलमा आएको बाढि पहिरोका कारण क्षतिपुगेको बुढादेवी क्षेत्रमा पुर्नःनिर्माणका लागि पहल गर्ने सर्वपक्षिय निर्णय भएकोछ ।
बिहिवार जिल्ला समन्वय समितिमा भएको बैठकले प्यूठान नगरपालिका वडा नं. ९ र १० र मल्लरानी गाउँपालिकाको ३ र ४ मा बाढि पहिरोले पु¥याएको क्षति पुर्नः निर्माण गर्न सरोकारवाला निकायबाट बजेट माग गर्ने निर्णय गरेको हो ।
तत्काल सडक डिभिजन कार्यालय प्यूठानबाट पहिरो रोकथामका लागि संरचना निर्माण गर्ने भएको छ । डिभिजन वन कार्यालय प्यूठानले बृक्षारोपणको काम गर्ने र बाढि पहिरोका कारण क्षति पुगेको खानेपानी आयोजनाहरुलाई खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले पाईप उपलब्ध गराउने निर्णय भएको समन्वय समितिका प्रमुख धरम जि.सी.ले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधि, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका र विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गत साउन महिनामा आएको बाढि पहिरोले बुढादेबी बस्तिमा क्षती पुर्याएको छ भने बाढिमा परि एक विद्यार्थीको ज्यान गएको थियो।
