प्यूठान, २४ फागुन । १ सय ११ औं अन्र्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम गरिएको छ । सरकारी तथा गैरसरकारी संघ संस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरि दिवस मनाएका छन् ।
जिल्ला सदरमुकाम खलंगामा दिवसको अवसरमा मल्लरानी गाउँपालिकाले अन्र्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला समन्वय समिति प्यूठानमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले मुलुकुमा राजनीतिक परिवर्तनसँगै महिलाहरु नेतृत्वपंक्तिमा आउन थालेको बताउनुभयो । संविधानले महिला अधिकारको सवालमा पर्याप्त अधिकार दिएको उहाँको भनाई छ । प्रमुख अतिथी समेत रहनुभएका आचार्यले महिलाहरु आर्थिक रुपमा सक्षम बन्दै गएमा महिला हिंसाका घटनामा समेत कमी हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले महिलाहरुको राजनीतिक सहभागिता राम्रो बन्दै गएको उल्लेख गर्नुभयो । महिलाहरुको स्वतन्त्रताका लागि उनीहरुको शिक्षा, रोजगारी, आयआर्जनका विषय महत्वपूणर् हुने उहाँको भनाई छ ।
कार्यक्रममा अधिवक्ता माधवा सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्यूठान क्याम्पस प्रमुख कल्पना खड्का, महिला जागरण बहुउदेश्यीय सहकारी संस्थाका राधिका खड्का, पत्रकार सृजना सेनले आफ्नो विचार राख्नुभएको थियो ।
मल्लरानी गाउँपालिका उपाध्यक्ष सरिता जिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा र कार्यक्रमको सञ्चालन योजना शाखा अधिकृत बन्दना शाक्यले गर्नुभएको थियो ।
