राजनीतिस्थानीय सरकार

माण्डवीको शिक्षा शाखाको ताला खुल्यो, यस्तो भयो सहमती

प्यूठान । कात्तिक ५ गते स्थानीय ४ राजनीतिक दलले माण्डवी गाउँपालिकाको शिक्षा शाखामा लगाएको ताला खोलिएको छ । सम्वन्धित राजनीतिक दल र माण्डवी गाउँपालिकाबीच सहमती भएपछि शिक्षा शाखाको ताला खोलिएको हो ।

 

गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा शिक्षक तथा कर्मचारी करारमा राख्नुपर्ने भएमा नयाँ कार्यविधि नबन्दाको अवस्थामा संघीय शिक्षा नियमावलीमा उल्लेखित शिक्षक तथा कर्मचारी छनौट समिति अनुरुप गर्ने सहमति भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज आचार्यले जानकारी दिनुभयो ।

 

गाउँपालिका अध्यक्ष श्रीधर रोकाको अध्यक्षतामा बसेको बैठकमा हाललाई संघ अन्र्तगतको शिक्षकहरुलाई संघीय नियमावली अनुसार र स्थानीय तहका शिक्षकहरुलाई स्थानीय तह अन्र्तगत छनौट गर्ने सहमती भएको हो ।

Related Articles

Back to top button