> राष्ट्रिय > आज तिहारको तेस्रो दिनः गाई तिहार मनाइदै


आज तिहारको तेस्रो दिनः गाई तिहार मनाइदै

प्युठान । यमपञ्चकको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । वैदिक सनातन कालदेखिको गाईलाई पवित्र मानी पूजा गर्ने चलन रहेको छ । आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक जनविश्वासमा गाईपूजा गर्ने परम्परा रहेको पाइन्छ ।

 

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईको दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।

 

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

 

आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

 

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा–मीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा–मीठा परिकार खुवाइन्छ ।

 

यसैबीच स्वर्गद्वारीमा रहेको गाईलाई नुन खुवाउन भक्तजन पुग्ने गर्दछन । स्वर्गद्वारीमा करीब ५ सय गाई पालिएका छन । स्वर्गद्वारीमा गोवर्दन पहाड बनाएर समेत पुजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *