> खेलकुद > दिपावली खुल्ला टि-२० प्रतियोगिता, ३० वटा समुह सहभागी


दिपावली खुल्ला टि-२० प्रतियोगिता, ३० वटा समुह सहभागी

प्युठान । गणतान्त्रिक खेल मैदान बिजुवारमा जारी दिपावली खुल्ला टि-२० प्रतियोगितामा ३० समूहले सहभागिता जनाएका छन । शुक्रबारदेखी शुरु भएको प्रतियोगितामा हालसम्म ७ वटा खेल सकिएको छ ।

 

क्रिकेट एशोसियसन बिजुवारले आयोजना गरेको प्रतियोगिताको बिजेताले ५० हजार रुपियाँ र उप-बिजेताले २० हजार रुपियाँ नगद सहित पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगितामामा गौमुखि बाहेक सबै पालिकाबाट प्रतियोगी समुहको सहभागीता रहेको छ । खेल यहि २५ गतेसम्म संचालन हुने आयोजकले अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *