प्युठान । गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशैको अवसरमा आयोजित खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
खुल्ला भलिबल प्रतियोगितामा प्रथम ठुलाबेसी सामुदायिक बिकास मंच,दित्तिय मदाने भलिबल कलब गुल्मी, तृतीय ठुलाबेसी सामुदायिक बिकास भएका छ्न । बिजेता खेलाडीलाई सिल्ड मेडल, प्रमाणपत्र र नगदसहित पुरुस्कार वितरण गरिएको छ ।
त्यसैगरी, खुल्ला नृत्य प्रतियोगितामा प्रथम प्युठान नगरपालिका- ५ को मुन्नी घर्तीको टिम, दित्तिय गौमुखि ठुलाबेसीका उषा न्यौपानेको टिम, तृतीय गौमुखी अर्खाका जिज्ञासा गिरी र शान्त्वना गौमुखी नारिकोटका कविता गिरी र तिला बुढाथोकीको टिम भएका छन । उनिहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार दिपु मगर, भागीराथ चलाउने, बिक्रमबाबू बिश्वकर्मा, लालुमाया कुवर, अनिल खत्री, बिनोद बिष्ट लगाएत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । कार्यक्रमको अवसरमा निशुल्क स्वास्थ्य शिविर, अँखा शिविर, दन्त शिविर र रक्तदान सेवा समेत संचालन गरिएको थियो ।
कार्यक्रममा समयको ब्यबस्थापन गर्न केही अप्ठ्यारो भएको भए पनि समग्रमा कार्यक्रम पुर्व निर्धारित समयमा सम्पन्न भएको अध्यक्ष रबि चन्दले बताउनुभयो ।
समापन कार्यक्रममा समाजसेबी ज्ञामुराम न्यौपाने, जुमानसिंह जिसीले संस्थाले राम्रो ब्यबस्थापनका साथ उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष अशिम न्यौपानेले कार्यकमको समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन जुमान सिंह केसीले गर्नुभएको थियो ।














