> स्थानीय सरकार > कर्मचारीको आन्दोलनले सेवा प्रभावित, सहजीकरण गरिदिन संघीय सरकारलाई पालिकाको अनुरोध


कर्मचारीको आन्दोलनले सेवा प्रभावित, सहजीकरण गरिदिन संघीय सरकारलाई पालिकाको अनुरोध

प्युठान । स्थानीय तहका कर्मचारीले गरेको आन्दोलनका कारण सेवा प्रवाहमा असर पुगेको भन्दै सरुमारानी गाउँपालिकाले संघीय सरकारलाई सहजीकरण गरिदिन आग्रह गरेको छ ।

 

 

गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई आन्दोलनरत स्थानीय तहका कर्मचारीको मागको विषयमा सहजीकरण गरिदिन आग्रह गर्दै पत्र लेख्नु भएको हो ।

 

 

विभिन्न मागहरु राखेर असोज १९ गतेदेखि स्थानीय तहका कर्मचारी आन्दोलनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *