> आर्थिक/बिकास > भिभो कम्पनीको नयाँ मोवाइल लन्च


भिभो कम्पनीको नयाँ मोवाइल लन्च

बुटवल । भिभो नेपालले भी २९ फाइभ जी मोवाईल बिहिवार बुटवलमा लन्च गरेको छ । नेपालमा भिभो ब्राण्डको मोवाइल सोलोसीटि इन्टेरनेशल प्रालीले आयात गर्दै आएको छ ।

 

भिभो कम्पनीका क्षेत्रीय बजार व्यवस्थापक रामचन्द्र पौडेल, आर एस इलोक्टोनिक्स बुटवलका सन्चालक सुरेन्द्र भारी र श्री महालक्ष्मी ट्रेड लिंक भैरहवाका संचालक अरुण कुमार गुप्ताले सामुहिक रुपमा मोवाइल लन्च गर्नुभएको हो ।

 

आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिवद्धता बजार व्यवस्थापक पौडेलले बताउनुभयो । भिभोको भि सिरिजले फोटोग्राफि, डिजाइन र कार्यसम्पादन क्षमताले प्रयोगकर्ताहरुलाई निरन्तर आकषर्ण बढाएको उहाँले बताउनुभयो ।

 

भी २९ फाइभ जी मोडलमा ६.७८ इन्च  कर्भ डिस्पेले रहेको छ । ५० मेगा फिक्सल मेन क्यामराको मद्धतले असाधारण क्रियटिभिटी प्रदान गर्दै अति आक्रशक तस्वीरहरु निकाल्दछ । २५६ जीविको स्टोरेज भएको भी २९मा सबै एप तस्वीर र अत्यावश्यक फाइलहरुका लागि प्रयाप्त स्पेश रहेको छ । १२ जीविको इन्टरनल र् याम लाई ८ जीवि थप सकिने बताइएको छ ।

 

४६०० एमएचको हेवी व्याटि पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथार्त गेम खेल्न प्रशस्त पावर पुग्छ । भी २९ दुई कलर नोभल ब्ल्याक र पिक व्ल्युमा उपलव्ध रहेको छ । ८० वाटको फास्ट चार्जरद्धारा ३५ मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिने बताइएको छ । यसको बजार मुल्य ५९ हजार ९ सय ९९ रहेको छ ।

 

कार्यक्रममा स्वागत आर एस इलोक्टोनिक्स बुटवल सन्चालक सुरेन्द्र भारीले गर्नुभएको थियो भने धन्यवाद श्री महालक्ष्मी ट्रेड लिंक भैरहवाका संचालक अरुण कुमार गुप्ताले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन भिभो नेपालका टेरोटरी बजार व्यवस्थापक अनिल पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *