प्युठान । नेकपा (एमाले) का अध्यक्ष केपि शर्मा ओलि प्युठान आउनुहुने भएको छ । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलि नौबहिनि गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न आउन लाग्नु भएको हो ।
नवनिर्मित भवन उद्घाटन गर्न असोज १६ गते पुर्व प्रधानमन्त्री ओलि आउने तय भएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिनुभयो ।
उक्त अवसरमा नेकपा (एमाले) प्युठानले भेटघाट कार्यक्रम गर्ने भएको छ । होटल आयुष्मामा भेटघाट कार्यक्रम गरिने अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।
