प्यूठान । प्यूठान नगरपालिकामा गठबन्धनभित्रका तीन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । यद्यपी उक्त सहमति सार्वजनिक गरिएको छैन ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच सहमति भएर पद बाँडफाँड समेत गरिएको छ ।
जस अन्र्तगत माओवादीलाई मेयर सहित ३, ४ र ९ नम्वर वडा दिइएको छ ।
नेपाली कांग्रेसलाई उपमेयर सहित १, २, ६, ७ र ८ वडा दिने सहमति भएको छ ।
त्यसैगरि राष्ट्रिय जनमोर्चालाई ५ र १० नम्वर वडा दिने सहमति भएको छ ।
मेयरमा माओवादीबाट अर्जुन कुमार कक्षपति, उपमेयरमा नेपाली कांग्रेसबाट देवेन्द्र वर्मा उठ्ने सम्भावना छ ।
गठबन्धनमा भएको पछिल्लो सहमतिले नेपाली कांग्रेसका कार्यकर्ता असन्तुष्ट भएका छन् । उनीहरुले नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा असन्तुष्टी पोखेका छन् ।