प्युठान । जिल्लामा पहिलो पटक न्यायीक समितिको जिल्ला सम्मेलन भएको छ । गौमुखी गाउँपालिकाको आयोजनामा गौमुखी गाउँपालिकामा भएको सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले ७ बुदे घोषणा पत्र जारी गरेको छ । जसमा न्यायीक समितिबीच सिकाई आदानप्रदानलाई निरन्तरता दिने, न्यायीक समितिमा दर्ता हुने मुद्दा मेलमिलापबाट टुंगो लगाउने, न्यायीक समितिहरुको संस्थागत बिकास र सहजीकरणका लागि काजमा कर्मचारी खटाउन जिल्ला अदालतलाई अनुरोध गर्ने उल्लेख छ ।

सम्मेलनले प्युठान नगरपालिकाका उप-प्रमुख देबेन्द्र वर्माको संयोजकत्वमा ९ सदस्यीय न्यायीक समिति जिल्ला समन्वय समिति प्युठान गठन गरेको छ ।
दोश्रो जिल्ला सम्मेलन प्युठान नगरपालिकामा आयोजना हुनेछ ।

