> आर्थिक > सुटुक्क उपभोक्ता समिति गठन !


सुटुक्क उपभोक्ता समिति गठन !

प्यूठान, १५ बैशाख ।
ऐरावती गाउँपालिका–५ झिवाङमा खेल मैदान निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ । तर आम उपभोक्तालाई जानकारी नदिई सुटुक्क उपभोक्ता समिति गठन गरिएको भन्दै गठित उपभोक्ता समिति खारेज गरि पुर्नगठन गर्न स्थानीयले माग गरेका छन् ।

गाउँपालिका अध्यक्षलाई निवेदन बुझाउँदै स्थानीयले उपभोक्ता समिति गठनबारे वडादेखि पालिकासम्म कहिँ कतै सूचना समेत नभेटिएको भन्दै राजनीतिक रुपमा समिति गठन भएको स्थानीयको भनाई छ । स्थानीय दिपक केसी, मधुसुदन थापा, सञ्जय थापा र ऐरावती २ का लाल बहादुर जिसीले संयुक्त रुपमा निवेदन गाउँपालिका अध्यक्षलाई बुझाउनुभएको छ ।

खेल मैदान निर्माणका लागि ४० लाख रुपियाँ बजेट रहेको छ । जुन काम उपभोक्ता समिति मार्फत गर्न थालिएको वडाअध्यक्ष चन्द्र बहादुर रोकामगरले बताउनुभयो । उहाँले राजनीतिक रुपमा नेकपा र राजमोका प्रतिनिधिलाई समिति गठन गर्ने समयमा बोलाएको तर नआएको प्रतिक्रिया दिनुभयो । लक डाउनले गर्दा गत वर्षजस्तो साविकका वडाहरुको प्रतिनिधित्व हुने गरि समिति गठन गर्न नसकउिको भन्दै सम्वन्धित ठाउँको व्यक्तिहरु समितिमा बसेको उहाँले बताउनुभयो । म पनि खोला पारी समिति गठनमा गइन, उहाँले भन्नुभयो, वडा सदस्यलाई जिम्मा दिएर समिति गठन भएको हो ।

अध्यक्ष रोकामगर उपभोक्ता समितिले गर्ने काम ९९ प्रतिशत र १ प्रतिशत मात्र फाउण्डेशनको काम मेसिनबाट हुने जानकारी दिनुभयो । उपभोक्ता समितिले २० प्रतिशत नै जनसहभागिता अन्र्तगत श्रमदान गर्ने वडा अध्यक्षको भनाई छ ।

पुरनसिंह भण्डारीको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । गत वर्ष गाउँपालिकाबाट ४८ लाख र प्रदेशको २१ लाख रुपियाँ खेल मैदानका लागि खर्च भएको थियो ।

इस्टिमेटमा उल्लेख गरिएको जनश्रमदान १० प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *