प्युठान । पेशागत महासंघ नेपाल प्युठान शाखाले पेशागत महासंघ नेपालको २८ औं स्थापना दिवशमा जिल्ला अस्पताल प्युठानमा उपचारार्थ बिरामी लाई फलफूल बितरण गरेको छ ।
२६ वटा घटक संलग्न रहेको पेशाकर्मीको संगठन पेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर के.सी.को अध्यक्षता तथा जिल्ला अस्पताल प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट को प्रमुख आतिथ्यता कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी बिष्टले बर्तमान अवस्थामा पेशाकर्मीको भूमिका अझै बढेर गएको बताउनुभयो । नेपालको सबैखाले परिवर्तनका लागि पेशाकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै सबैले पेशागत मर्यादालाई नबिर्सी थप मेहनत र उर्जा लगाउनुपर्ने भन्दै पेशाकर्मीहरुलाई अझै बढी इमान्दारिताका साथ काममा जुट्न आग्रह गर्नुभयो । पेशाकर्मीहरु एक भएर अघि बढ्न सकेको खण्डमा अधिकार प्राप्तीका लागि सजिलो हुने उहाँको धारणा थियो ।
पेशागत महासंघ प्युठानका अध्यक्ष दल बहादुर के.सी.ले भिन्न भिन्न कार्यक्षेत्र र चरित्रका राष्ट्रिय स्वरूपका ट्रेड युनियन, पेसागत संघ, सङ्गठनहरू बिच आपसी समन्वय,सहयोग र ऐक्यबद्धता प्रकट गर्दै श्रमिक,पेसाकर्मीका साझा सरोकारका विषयमा सामूहिक ढङ्गले अगाडि बड्दै आएको पेशागत महासंघले गुणस्तरीय सेवा, पेशाको सुरक्षा सहित सामाजिक उत्तरदायित्वको क्षेत्रमा सकृय भुमिका खेल्दै आएको जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा प्युठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनाल, पेशागत महासघ लुम्बिनी प्रदेश सदस्य मोहन के.सी., नेपाल स्वास्थ्य प्राबिधिक संघ केन्द्रिय उपाध्यक्ष ध्रुव पोख्रेल, राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपाल जिल्ला अध्यक्ष खिम प्रसाद पार्धे, शिक्षक महासघ जिल्ला सचिब खिम बहादुर जि.सी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला सचिब खिम बहादुर रावत, नेपाल निजामती सङ्गठनका जिल्ला अध्यक्ष हरि प्रसाद पौडेल, नेकपा एमाले नगर कमिटी सचिव आकाश भण्डारी, स्वर्गद्वारी बहुमुखी क्याम्पसका स्वबियु सभापति टेकराज के.सी. लगायतको उपस्थिति रहेको थियो ।
पेशागत महासंघ प्युठानका गोपाल योगीले संचालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला अध्यक्ष खिम प्रसाद पार्धेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।