> राष्ट्रिय > महिला हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण सप्पन्न


महिला हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण सप्पन्न

प्युठान । ऐरावती गाउँपालिकामा महिला हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ ।

 

गाउँपालिकाको सहयोग तथा रेडियो माण्डबीको आयोजनामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

 

कार्यक्रम समापनमा गाउँपालिका अध्यक्ष नबिल बिक्रम शाहले पालिकामा बाल बिबाह न्यूनीकरण गर्न स्थानीय समुदायको सक्रियता आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनले बाल बिबाह बर्जित गरेकोले कानुनको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

 

महिला संजाल, बाल सन्जाल लगायत यस अभियानमा लाग्नुपर्ने उहाँको सुझाव छ । स्थानीय सरकार , गैर सरकारी संस्थासंगको सहकार्यमा बालबालिकाको हितमा काम भैइरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तथा अधिवक्ता नीमा गिरी, पत्रकार संजय रिजाल, सुजल श्रेष्ठ लगायतले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *