> राष्ट्रिय > डिजिटल पत्रकारिता तालीम लिदै प्युठानका पत्रकार


डिजिटल पत्रकारिता तालीम लिदै प्युठानका पत्रकार

प्युठान । जिल्लाका सञ्चारकर्मीहरुका लागि डिजिटल पत्रकारिता तालीम शुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले प्युठान नगरपालिकाको सहयोगमा तालीम संचालन गरेको हो ।

 

 

तालीम उद्घाटनमा प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगीले आफ्नो पेशामा दक्ष हुनुपर्ने बताउनुभयो । नयाँ प्रबिधिले चुनौती र अवसर दुबै दिएको भन्दै प्रबिधिसंग जोडिदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

 


नगर प्रमुख्व्योगीले बिश्वसनिय सूचना प्रबाह गर्न पत्रकारलाई आग्रह गर्नुभयो । समाजलाई सकारात्मक रुपान्तरण गर्ने सूचना र समाचार प्रवाहतर्फ लाग्न आग्रह गर्नुभयो ।

 

नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माले डिजिटल पत्रकारिताको माध्यमबाट स्थानीय तहले गरेका राम्रा कामको प्रचार गर्न सकेमा अरु पालिकाले सिको गर्न सक्ने बताउनुभयो । उहाँले जिल्लामा रहेका पत्रकारहरुको क्षमता बिकासमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

 

३ दिने तालीम उद्घाटन कार्यक्रममा पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी, सामुदायिक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंहले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालीमको प्रशिक्षक रामजी दाहाल र मनिष पौडेल रहनुभएको छ ।

जिल्ला अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राधिका भुसाल र संचालन सचिब प्रकाश बैधले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *