> राजनीति > स्वबियु निर्वाचन : प्युठानका २ क्याम्पसमा निर्बिरोध, ३ क्याम्पसमा चुनाब हुने


स्वबियु निर्वाचन : प्युठानका २ क्याम्पसमा निर्बिरोध, ३ क्याम्पसमा चुनाब हुने

प्युठान । स्वतन्त्र विद्यार्थी युनियन(स्वबियु) का लागि जिल्लाका ५ क्याम्पसमध्ये २ वटामा निर्बिरोध समिति चयन भएको छ भने ३ वटामा निर्वाचन हुने भएको छ ।

 

 

प्युठान क्याम्पस खलंगा र गौमुखी क्याम्पस मच्छीमा निर्बिरोध कार्यसमिति बनेको हो । प्युठान क्याम्पसमा नेबि संघका हिमाल जिसीको सभापतित्वमा समिति बनेको छ भने गौमुखी क्याम्पसमा अखिल छैठौंका रजत जिसीको सभापतित्वमा समिति बनेको छ ।

 

 

स्वर्गद्वारी क्याम्पस, झिमरुक क्याम्पस र अमर क्याम्पसमा चुनाब हुने भएको छ ।

 

स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)को तर्फबाट प्रेम बहादुर विश्वकर्माको टिम र संयुक्त गठबन्धनको तर्फबाट अनेरास्ववियुका टेकराज केसीको टिमको उम्मेदवारी परेको छ ।

 

 

त्यसैगरी अमर क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी) का कल्पना पोख्रेलको समुह र संयुक्त गठबन्धनको तर्फबाट नेबि संघका श्रीधर खड्काको समुहको उम्मेदवारी परेको छ ।

 

 

झिमरुक क्याम्पसमा संयुक्त गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीका कमल रोकाको समुह र अनेरास्ववियू (क्रान्तिकारी) का नरेश पुनको समूहले उम्मेदवारी दर्ता गराएका छन ।

 

स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव आगामी चैत ५ गते हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *