प्यूठान, ४ वैशाख । अखिल नेपाल शिक्षक संघ प्यूठानको अध्यक्षमा अर्जुन बहादुर केसी चयन हुनुभएको छ । संघको चौथो अधिवेशनले केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्ष डमर सिह जि.सी., महिला उपाध्यक्ष देवा विष्ट, सचिव धुर्व गिरी, सह–सचिव कल्पना थापा, कोषाध्यक्ष महेन्द्र के.सी. रहनुभएको छ ।
सदस्यहरुमा दुर्गा थापा, वसन्त जि.सी., बिष्णु पौडेल, लुस्याङजी के.सी., भरत सुनार, काशिराम पोखरेल, नारायण के.सी., वेदराज ज्ञवाली, वामदेव पौडेल र मुमा के.सी. रहनु भएको छ ।
वहुउदेश्यीय शैक्षिक भवन पुण्यखोलामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्य प्रमुख अतिथी रहनुभएको थियो ।
