> राष्ट्रिय > प्युठानमा नदिमा डोजर लगाएर गिटी बालुवा निकालिदै, जनप्रतिनिधि र प्रहरी प्रशासन मौन


प्युठानमा नदिमा डोजर लगाएर गिटी बालुवा निकालिदै, जनप्रतिनिधि र प्रहरी प्रशासन मौन

प्युठान । जिल्लाको झिमरुक नदी र माडी नदिमा मेसिनरी औजार को प्रयोग गरेर नदिजन्य समाग्री निकाल्ने गरिएको छ । नियम बिपरित डोजर लगएर गिट्टी बालुवा निकाल्ने गरिएको छ ।


यो बिषयमा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन जानकार भएपनि नदेखै झै गर्ने गरेको स्थानीयले बताएका छन ।
प्रहरी प्रशासनलाई नदिबाट अबैध पदार्थ ओसार पोसार हुने गरेको बिषयमा जानकारी दिदापनि चासोनै नदिएको स्थानियहरु बताउछन् । ‘सबैको मिलेमतो छ त्यसैले तै चुप मै चुप छन् ।’ स्थानियले बताए । ‘जनप्रतिनिधि पनि ठेकेदारसगं मिलेका कारण मेसिन लगाएको बिषयमा कोहि बोल्दैनन ।’

झिमरुक नदिको दाखाक्वाडी क्षेत्र, स्वर्गद्धारी नगरपालिकाका बिभिन्न स्थान तथा गौमुखी गाउँपालिकाका बिभिन्न क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन गर्न रातको समयमा तथा अन्य समयमा मेसिनको प्रयोग गर्ने गरिएको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *