प्युठान । प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले गाउँ बिकासको लागि स्थानीय तहले योजनाबद्ध रुपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
झिमरुकले चालू आर्थिक वर्षको लागि स्वीकृत भइ निर्माणाधीन तथा निर्माण सम्पन्न भएका योजनाको अनुगमन गर्ने क्रममा स्थानीय तहको चौतर्फी विकासका लागि दल भन्दा माथी उठेर काम गर्नुपर्ने आवश्यकता रहेको उपाध्यक्ष पोख्रेलले बताउनुभएको हो ।
उहाँले कार्यायोजना बिनाको कुनै पनि बिकास परिणाममुखी नहुने भन्दै हरेक क्षेत्रमा यसको महत्व रहने बताउनुभयो । स्थानीय तहमा रहेका हरेक कमिकमजोरीको खोजी गरि निराकणमा सबैको ध्यान जानुपर्ने पोख्रेलको भनाई छ ।
अहिलेको युग सूचना र सञ्चारको भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई समयानुकूल आत्मसाथ गर्नसक्नुपर्ने बताउनुभयो ।
स्थानीय तह जनताको नजिकको सरकार भएकोले कर्मचारी र जनप्रतिनिधिले जनताले महसुस गर्नेगरी सेवा प्रबाहलाई जनमैत्री बनाउन पहल थाल्नुपर्ने बताउनुभयो ।
स्थानीय तहले निर्माण गर्ने योजानालाई टिकाउ बनाउन गुणस्तरलाई ध्यान दिएर काम गर्नुपर्ने अनुगमन समितीका सदस्य तथा वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतले बताउनुभयो । पछिल्लोसमय स्थानीय उपभोक्ताले जनश्रमदानलाई कम प्राथमिकता दिदा निर्माण गरिने योजनाना समस्या भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो ,”स्थानीय उपभोक्ताले योजनाको अपनत्वको लागि जनश्रमदानलाई अनिवार्य कार्यान्वयनमा जोड गरिनु पर्छ ।”
राज्यले लिएको दिगो बिकास लक्ष हासिल गर्न हामिले बनाउने योजना तथा कार्यक्रममा भर पर्ने भएकोले यस् तर्फ स्थानीय तह चनाखो भएर लाग्नुपर्ने वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । अब गाउँमा कनिका छरे जस्तै बजेटको योजनालाई निरुत्साहित गरि जनताको माग र आवश्यकताको आधारमा बजेट नीति तथा कार्यक्रम बनाउन जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
सोमबार र मंगलबार झिमरुक-६, का विभिन्न टोलबस्तीमा २५ बढी योजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो । निर्माणाधीन सडक विद्यालय सिंचाइ खानेपानी मन्दिर प्रतीक्षालय लगाए योजनाको समग्र बिषयको अनुगमन गरिएको थियो । अनुगमनबाट योजनालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने अपेक्षा स्थानीय सरकारको रहेको छ ।
अनुगमन समितीका संयोजक तथा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलको नेतृत्वको टोलिमा वडा अध्यक्ष धन बहादुर पुन, अनुगम समितीजा सदस्य तथा ८ नम्बर वडा अध्यक्ष तुलस बहादुर बस्नेत, सदस्य संगीत परियार पुर्वाधार तथा भवन नियमन शाखाका सब- इन्जिनियर नगेन्द्र आचार्य, योजना शाखाकि बसन्ता बिष्ट लगायत उपभोक्ता समिति, स्थानीय जनताको सहभागिता रहेको थियो ।
