> खेलकुद > मैत्रीपूर्ण फुटबलको उपाधी गौमुखीलाई


मैत्रीपूर्ण फुटबलको उपाधी गौमुखीलाई

कमल बि.क
प्यूठान । प्यूठान जिल्ला अन्तरपालिका स्तरीय कर्मचारीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०७९ को उपाधी गौमुखी गाउँपालिकाले जितेको छ ।

गौमुखीले सरुमारानीलाई २–० गोल अन्तरले हराउँदै उपाधी जिेतको हो । खेलको ३८ औं मिनेटमा विक्रम के.सी.ले गोल गर्दै अग्रता कायम गर्नु भएको थियो । खेलको पहिलो हाफको अन्त्यमा गौमुखीका खेलाडीले रातो कार्ड पछि १० खेलाडीमा सिमित भएको गौमुखीले दोस्रो हाफको ६२ औं मिनेटमा टिम कप्तान समेत रहनुभएका किरण के.सी.ले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पार्नु भयो । गौमुखीका गोलकिपरले सरुमारानीको उत्कृष्ट बचाउ गर्दै गौमुखीले जित हासिल गरेको हो ।


आइतवार भएको सेमिफाइनल खेलमा गौमुखीले नौबहिनीर्ला २–१ र सरुमारानीले प्यूठान नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेका थिए ।

प्रतियोगितामा उपाधी विजेता टिम गौमुखीले ट्र«फी, मेडल र ३० हजार नगद पुरस्कार प्राप्त गरेको छन भने उपविजेता टिमले ट्रफी, मेडल र २० हजार नगद पुरस्कार प्राप्त गरेको छन् । सेमीफाइलन खेलेका टिमलाई नगद ५÷५ हजार र प्रसंशा पत्र प्रदान गरिएको छ । साथै नकटआट चरण खेलेका चार टिमलाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।

प्रतियोगिताका मुख्य रेफ्री विशाल विश्वकर्मा, रेफ्रीकै भुमिका निर्वाह गर्नुभएका गणेश गिरी र प्रितम श्रेष्ठ साथै खेलमा लाइन्स म्यानको भुमिका निर्वाह गर्नुभएका लाइन्स म्यानलाई पनि नगद र प्रशंसा पत्र प्रदान गरिएको छ । पुरस्कार तथा प्रशंसा आयोजक प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्मा र प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले प्रदान गर्नुभएको थियो ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ माघ ७ र ८ गते गणतान्त्रिक खेलकुद मैदान विजुवारमा प्यूठान नगरपालिका विजुवारले प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *