> समाज > गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएको परिवारका सदस्यसहित ४ जनालाई कोरोना संक्रमण


गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएको परिवारका सदस्यसहित ४ जनालाई कोरोना संक्रमण

प्यूठान, ११ भाद्र । प्यूठानमा गाउँपालिका कर्मचारी, कोरोनाबाट मृत्यु भएका परिवारका सदस्य सहित ४ जनालाई कोरोना पुष्टि भएको छ ।

विहिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गमा परिक्षणमा प्यूठानका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्गले जनाएको छ । प्रतिष्ठानका अनुसार संक्रमितहरु स्वर्गद्वारी नगरपालिकाका ३ जना र मल्लरानी गाउँपालिकाका १ जना रहेका छन् ।

स्वर्गद्वारी नगरपालिकाका ३ जना संक्रमित मध्ये २ जना क्वारेन्टाइन मै रहेको र १ जना कोरोनाबाट मृत्यु भएका पुरुषको परिवारका सदस्य रहेको गाउँपालिका स्वास्थ्य संयोजक दल बहादुर के.सीले जानकारी दिनुभयो । मृतकको परिवारका सदस्यलाइ कोरोना देखिएपछि उक्त घर शिल गरिएको स्वास्थ्य संयोजक के सीले प्यूठान समाचारसँग वताउनुभयो ।

यस्तै मल्लरानी गाउँपालिका संक्रमित गाउँपालिकाको कर्मचारी रहेका गाउँपालिका स्वास्थ्य संयोजक पारस शाहीले जानकारी दिनुभयो । गाउँपालिकाका ४५ स्वाव परिक्षणका लागि पठाइएको १ जनाको पोजटिभ देखिएको र अन्यको नेगेटिभ देखिएको उहाँको भनाई छ । गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना देखिपछि गाउँपालिका शिल गर्ने नगर्ने भन्ने विषयमा बैठक वसिरहेको स्वास्थ्य संयोजक शाहिले प्यूठान समाचारसँग वताउनुभयो ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४४७ पुगेको छ जसमध्ये ३७७ जना निको भएका छन् भने १ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *