प्यूठान । जिल्लाकै पवित्र धार्मिक स्थल झाँक्रिस्थानमा भोजन स्थल निर्माण भएको छ । मल्लरानी गाउँपालिका वडा नं. ४ मा पर्ने झाँक्रिस्थानमा स्थानीय समाजसेवीले निर्माण गरेको भोजनस्थलको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
मल्लरानी गाउँपालिका ४ खलंगा निवासी कृष्ण प्रसाद श्रेष्ठले पिता स्व. श्याम प्रसाद श्रेष्ठ तथा माता स्व. तुल कुमारी श्रेष्ठको सम्झनामा झाँक्रिस्थानमा भोजस्थल निर्माण गर्नुभएको हो ।
त्यसैगरी आमा तुलसीदेवी श्रेष्ठको स्मृतीमा छोरी टुम्ला श्रेष्ठ र ज्वाई सन्तोष कुमार श्रेष्ठले झाँक्रिस्थानमा निर्माण गर्नुभएको भान्साघरको समेत उद्घाटन भएको छ ।
सामाजिक कार्यका लागि खलंगा सरोकार समुहले दाताहरुलाई आभार प्रकट गरेको छ । समुहले सामाजिक कार्य गर्न सवैलाई उत्प्रेरित गर्दै आएको संयोजक मनोज कुमार श्रेष्ठले बताउनुभयो ।