> स्थानीय सरकार > झिमरुकको कुटीचौरमा हेल्थ डेक्स सञ्चालनमा


झिमरुकको कुटीचौरमा हेल्थ डेक्स सञ्चालनमा

प्यूठान, ४ बैशाख ।
झिमरुक गाउँपालिकाले वडा नं ६ कुटीचौरमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । लक डाउन हुँदा समेत मानिसहरु पैदल हिडेरै गन्तव्यमा पुगन थालेपछि कोरोना संक्रमणबाट बच्न डेक्स संचालन गरिएको हो ।

गाउँपालिकाको यस नाका भएर प्रवेश गर्नेहरुको अभिलेख सहित ज्वरो जाँचका गर्न थालिएको छ । यस नाका भएर झिमरुक गाउँपालिकासँग गौमुखी गाउँपालिका र गुल्मी जिल्ला प्रवेश गर्नेहरुलाई चेकजाँच गरिन्छ ।

हेल्थ डेक्सका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले बताउनुभयो । झिमरुक गाउँपालिकाले भारत तथा तेश्रो मुलुकबाट आएका व्यक्तिहरुलाई स्वास्थ्यकर्मी मार्फत घरमै पुगेर स्वास्थ्य जाँच गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *