> स्थानीय सरकार > स्वर्गद्धारी ९ काे वडा अध्यक्षमा पुन: वि.एम.


स्वर्गद्धारी ९ काे वडा अध्यक्षमा पुन: वि.एम.

प्यूठान । स्वर्गद्धारी नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा पुन: नर बहादुर वि.एम. निर्वाचित हुनुभएको छ । नेकपा एमालेका वि.एम. दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

 

आज सम्पन्न मत परिणाम अनुसार वि.एमले ८७५ मत पाउनुभएको हो । प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बन्नुभएका राष्ट्रिय जनमोर्चाका खिमानन्द योगीले ४१८ मत पाउनुभएको छ ।

 

एमालेको प्यानलबाटै महिला सदस्य निमादेवी घर्तिमगर, दलित महिला सदस्य रेशमीदेवी सुनार, खुल्ला सदस्य इन्द्र बहादुर घर्तिमगर र पूर्ण बहादुर घर्तिमगर विजयी हुनुभएको छ ।

 

अध्यक्ष पुन: साविक गोठिवाङ गाविस हुुँदा सामाजिक परिचालक हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचन ०७४ मा सामाजिक परिचालकबाट राजिनामा दिएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *