प्यूठान, २० असार । लुम्बिनी प्रदेश सरकारले बनाउन लागेको सञ्चार माध्यम सम्बन्धी विधेयकप्रति नेपाल पत्रकार महासंघ प्यूठानले ध्यानाकर्षण गराएको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि पठाएको सञ्चार माध्यम सम्वन्धमा व्यवस्थ ागर्न बनेको विधेयक प्रेस स्वतन्त्रताको संवैधानिक मर्म विपरीत रहेको भन्दै महासंघले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
आईतबार प्यूठानका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै महासंघले विधेयक तत्काल प्रदेश सभाबाट फिर्ता गरेर पुर्नलेखनको वातावरण बनाउन माग गरेको छ ।