> आर्थिक/बिकास > विजय फूलबारी सहकारी नयाँ अवधारणा अनुरुप नयाँ कोर्षमा : अध्यक्ष बस्नेत


विजय फूलबारी सहकारी नयाँ अवधारणा अनुरुप नयाँ कोर्षमा : अध्यक्ष बस्नेत

प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेतले सहकारी नयाँ कोर्षमा प्रवेश गरेको बताउनुभएको छ । एकीकरण पछिको प्रथम साधारण सभामा बोल्दै अध्यक्ष बस्नेतले फूलबारी र विजयलक्ष्मी एकीकरण पनि त्यहि अनुरुप भएको उल्लेख गर्नुभयो ।

 

देशका ठूला ठूला सहकारीको उदाहरण दिँदै बस्नेतले यस सहकारीलाई पनि सोही अनुसार अघि बढाउने लक्ष्य लिइएको बताउनुभयो । राष्ट्रिय स्तरको ब्राण्ड प्राप्त गरिसकेको यस सहकारीले अन्र्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डका लागि काम गरिरहेको जानकारी दिनुभयो । सहकारीले सहज रुपमा कारोबार गर्नका लागि मोवाईल एप सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।

 


सहकारीले पछिल्लो समय सञ्चालन गरेको मोवाईल एप, अनलाईन सफ्टवेयर सुत्केरी भेटघाट, घाट खर्च तथा सदस्य राहत कोष लगायतका कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने कार्यक्रम बनाएको छ । एकीकरणपछि सहकारीका शेयर सदस्य ४ हजार ९९२ पुगेका छन् ।

 

फूलबारीको साधारण सभा आज एकै दिन ६ स्थानमा सम्पन्न भएको छ । खलंगा, खैरा, धुवाङ, रातामाटा, सापडाँडा र जस्पुरमा एकैदिन साधारणसभा गरिएको हो ।

 

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/०७९ को शेयर पुँजी ४४ लाख ६१ हजार ६ सय थप भएर १ करोड ७४ लाख ८८ हजार ६ सय पुगेको छ । त्यसैगरि बचत ४ करोड १ लाख ७० हजार ६ सय ६१ बृद्धि भई १६ करोड ३० लाख १२ हजार ५ सय ६ रुपियाँ पुगेको छ ।

 


सहकारीले गत वर्ष १ हजार १ सय ७९ जना शेयर सदस्यलाई ऋण प्रवाह गरेको थियो । सहकारीले हाल १४ करोड ३ लाख ९३ हजार १ सय ३० रुपियाँ ऋण प्रवाह गरेको छ । सहकारीको जगेडा कोष २० लाख ५७ हजार ९१ रुपियाँ बृद्धि भएर १ करोड १२ लाख ६६ हजार ५ सय ८३ पुगेको छ ।

 

खलंगामा भएको कार्यक्रममा भोज बहादुर बस्नेतको अध्यक्षता रहेको थियो । कार्यक्रममा शेयर सदस्य खिम बहादुर जिसीले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्य शिवराज श्रेष्ठ, डोर प्रसाद पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वागत कमला रिजालले र सञ्चालन प्रभात श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *