प्यूठान । मल्लरानी गाउँपालिकाकाे बेरुजु शुन्य भएकाे छ । गत आर्थिक वर्ष २०७७।०७८ काे बेरुजु शुन्य भएकाे हाे । त्यस अघि २०७६।०७७ काे बेरुजु पनि शुन्य रहेकाे प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
२०७६।०७७ काे बेरुजु सम्परीक्षण गरि बेरुजु फस्छयाैट गरिएकाे र अहिलकाे बेरुजु शुन्य नै भएकाे प्रमुख प्रशासकिय अधिकृत थापाले बताउनुभयाे ।
महालेखा परीक्षककाे कार्यालयले आज वार्षिक प्रतिवेदन निकालेकाे हाे ।
अनलाइन खवरका अनुसार देशभरमा तीन वटा पालिकाकाे बेरुजु शुन्य छ । प्यूठानकै सरुमारानी गाउँपालिका र ताप्लेजुङको सिरजंगा गाउँपालिकाकाे बेरुजु शुन्य भएकाे हाे । महालेखाले प्रतिवेदनकाे पुर्ण पाठ सार्वजनिक भने गरेकाे छैन ।






