प्यूठान । स्वर्गद्वारी नगरपालिकाका वडा सचिव वडामा फर्किएका छन् । नगरपालिकाले प्रशासन शाखा र स्टोर शाखामा प्रशासनिक कर्मचारकिो साटो प्राविधिक कर्मचारी राखेपछि पालिका भित्रका ९ वटै वडाका वडा सचिव आन्दोलित भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरेले १५ दिनभित्र माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएपछि वडा सचिव वडामा फर्किएका हुन ।
नगरपालिकाले साउन २३ गते पालिकाको प्रशासन शाखा र स्टोर शाखामा प्राविधिक कर्मचारी राखेको छ ।