प्युठान । झिमरुक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाइ सहज बनाउन थालेकाे छ । गाउँपालिकाको आर्थिक वर्षको दोस्रो बैठकले सामाजिक सुरक्षा भत्ता वितरणलाई बस्ती स्तरमा लगेर वितरण गर्न ब्यबस्था मिलाउने निर्णय गरेकाे हाे । त्यसका लागि स्थानीय बैंकहरु संग समन्वय गरि भत्ता वितरणलाई सहजता बनाउन लागिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयाे । जसले गर्दा गाउँका अशक्त, अपांगता भएका व्यक्तिलाइ सहज हुनेछ ।
त्यस्तै गाउँपालिमा रहेका ३ बिधालयलाई कक्षा थपको लागि अनुमति दिने निर्णय भएको छ । बालशिक्षा मा. वि. मच्छिलाई प्राबिधिक धार तर्फ सिभिल इन्जिनियरिङको कक्षा १२ संचालनको लागि अनुमानि दिने सत्य मा.बि. तुषारालाई कक्षा १२ र सर्वोदय मा.बि. गडेरेपानी बादिकोटलाई कक्षा ११ संचालन गर्न यसै शैक्षिकसत्र बाट अनुमती प्रदान गर्ने निर्णय भएको अध्यक्ष महतारा क्षेत्रीले बताउनुभयाे ।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको लागि गाउँपालिकाका १२ वटा बिधालयको भौतिक सुधारको लागि प्राथमिकिकरण गरि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरमा बजेटको लागि पठाउने निर्णय भएको शिक्षा शाखाका प्राबिधिक सहायक पुष्प रानाले बताउनुभयाे । पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा बसेको बैंककमा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल विभिन्न शाखा प्रमुख कार्यपालिका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।