प्यूठान । आज धान दिवस । मानो रोपेर मुरी फलाउने दिन । जिल्लाका विभिन्न ठाउँमा धान खेती हुने गर्दछ । ६ हजार ५७५ हेक्टटर क्षेत्रफलमा धान खेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानले जनाएको छ ।
धान उत्पादन बढाउन धान जोन प्यूठानमा ६ वर्षदेखी सञ्चालनमा रहेको कार्यालय प्रमुख चुमानसिंह गिरी बताउनुहुन्छ । जसका लागि चैते धान खेती प्रर्वद्धनमा जोड दिइएको छ । २ हजार ७ सय ९९ हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिएको छ ।
यद्यपी जिल्लामा वार्षिक ४५ करोड मूल्य बरावरको चामल आयात हुने अुनमान छ । ११ हजार मेट्रिकटन चामल आयात हुने गरेको कार्यालय प्रमुख गिरीले बताउनुभयो । जसलाई कम गर्न चैते धान खेतिमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।





