महेश थापा
बाहाने । गएरातीको हावाहुरी सहितको वर्षात्ले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको छ । हावाहुरीले विद्यालय, स्वास्थ्य संस्था सहित स्थानीयको घर गोठ लगायतको छाना उडाएको छ ।
फोप्ली स्वास्थ्य चौकी, नेरा प्रावि बास्कोटको भवनको जस्ता पाता हावाले उडाएको स्थानीयले बताएका छन् ।
त्यसैगरी स्वर्गद्धारी ९ जुडापाटा नजिकै रहेको कृषि फार्ममा समेत वर्षातले क्षति गरेको छ । पूर्ण घर्तिमगरको ३ वटा टनेल सहित तरकारी खेतीमा क्षति पुगेको छ ।
जिल्ला अन्य ठाउँमा पनि स्थानीयको घर, गोठ लगायतको छाना हावाहुरीले उठाएको खवर प्राप्त भएको छ ।

