समाज

उद्योग बाणिज्य संघ विजुवारको अध्यक्षमा प्यार अलि खाँन

प्यूठान, १९ मंसिर । प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रको अध्यक्षमा युवा उद्यमी तथा सञ्चारकर्मी समेत रहेका प्यार अलि खान निर्विरोध निर्वाचित हुनुभएको छ । बजार क्षेत्रको १७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट खानको नेतृत्वमा ८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

३ जना कार्यसमितिले मनोनित गर्ने गरी ११ सदस्यीय कार्यसमिति रहने व्यवस्था रहेको नव-निर्वाचित अध्यक्ष खानले जानकारी दिनुभयो । अधिवेशनले जिल्ला प्रतिनिधिमा चेतनाथ योगी, प्रदिप कर्माचार्य तथा निरज श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन सहायक अधिकृत मुक्ति पोख्रेलले जानकारी दिनुभयो ।

अधिवेशनका प्रमुख अतिथि प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले संघ विशुद्ध व्यवसायिक संगठन रहेको बताउँदै उद्योगी व्यवसायीहरुको हक हित तथा अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । ‘अहिलेको आवश्यकता सबै बजार क्षेत्र तथा संघमा साझा तथा सर्वसम्मत नेतृत्व नै हो ।’ ,कक्षपतिले भन्नुभयो, ‘हामिले तिरेको करबाट राज्य चलेको छ, हाम्रा समस्याप्रती राज्य गम्भीर बन्नै पर्छ ।’

अधिवेशनमा सचिव सुमन सुवेदीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष अर्जुनसिंह वि.क.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनमा संघका पूर्व अध्यक्ष माधवराज भण्डारी, प्रथम उपाध्यक्ष दुर्गा भुसाल, पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजाल लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button