सुरेश कुमार पाण्डे
निर्धन हुँनुनै गरिब लाई जहर भयो,
पुँजि पतिहरुको नै गाउँ नगर भयो ।
युवाहरु मर्दैछन बिदेशको बोडरमा,
देशभित्र सरकार सदै बेखबर भयो ।
जो सदियौँ लडि रह्यो देशको लागि
त्यही आफ्नै जहानसँग बेघर भयो ।
पुँजिकै लागि मार-काट भाई भाईमै,
पुँजिवादी ब्यबस्था ठुलो गदर भयो ।
कोरोना भन्दा ठुलो रोग गरिबी हुँदा,
कुनदेशमा जान्छ प्राण के भर भयो ।
छोरा जान्छ मुङ्गलान काम तलासन,
चिन्ता मात्र आमा लाई आफर भयो ।
सदैभरी दिशभित्र लडाई चलिरहन्छ,
सदै कष्ट झेल्ने हाम्रै यो खप्पर भयो ।
