समाज

नवजागरण युवा समूहद्वारा अम्बिका माध्यमिक विद्यालयलाई ५ लाख सहयोग गर्ने निर्णय

प्यूठान । नवजागरण युवा समूहले अम्बिका माध्यमिक विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक गुणस्तर सुधारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

समूहको आज बसेको नियमित मासिक बैठकले विद्यालयको समग्र गुणस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले नगद ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो ।

विद्यालयको शैक्षिक अवस्था सुधार, भौतिक पूर्वाधार विकास तथा आर्थिक व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित समूहले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

समूहले आफ्नो यो सानो प्रयासले विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिमा केही सहजता थप्ने विश्वास व्यक्त गरेको छ ।

शिक्षाको विकास र विद्यालयको समग्र उन्नतिका लागि युवा समूहले देखाएको यो प्रतिबद्धतालाई सामाजिक उत्तरदायित्व र शैक्षिक क्षेत्रमा युवाहरूको सकारात्मक योगदानका रूपमा लिन सकिन्छ ।

Related Articles

Back to top button