प्यूठान । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य पदमा युवा क्लस्टरतर्फ रुपन्देही क्षेत्र नं. २ (ख) का प्रदेश प्रतिनिधि अमर जि.सी. (हेमन्त) ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
स्वास्थ्य क्षेत्रको अनुभव, सामाजिक सक्रियता र पार्टी संगठनप्रतिको निरन्तर आबद्धतालाई आधार बनाउँदै जि.सी.ले युवाको अर्थपूर्ण प्रतिनिधित्वका लागि उम्मेदवारी रहेको उहाँको भनाई छ ।
युवाको जोश, नवीन सोच र सिर्जनशीलतालाई पार्टीको नीति, नेतृत्व तथा निर्णय प्रक्रियामा स्थापित गर्दै संगठनलाई गतिशील र जनमुखी बनाउने आफ्नो लक्ष्य रहेको उग्गाँले बताउनुभयो ।
उहाँको उम्मेदवारीलाई कांग्रेसमा नयाँ पुस्ताको सहभागिता र युवा नेतृत्वको अवसरका रूपमा हेरिएको छ ।
झिमरुक गाउँपालिका स्थायी ठेगाना भएका जिसी बुटवलमा स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
तस्बिर सामाग्री : एआई सिर्जित










