प्यूठान । नेकपा एमालेले देशब्यापी रुपमा शुरु गरेको मिसन पार्टी जागरण अभियान जिल्लामा शुरु हुने भएको छ । जिल्ला कमिटीको सातौं पुर्ण बैठकले अभियान सुरु गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रिय सर्कुलर अनुसार अभियान सुभारम्भ गरिएको जिल्ला सचिव इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो । जिल्ला कमिटीको बैठकबाट प्रारम्भ भएको अभियान पालिका कमिटी हुँदै वडा र टोल कमिटीसम्म पुग्ने उहाँको भनाई छ ।
अभियान संचालनका लागि पालिका अनुसार केन्द्रिय प्रतिनिधि खटिने छन । प्यूठान नगरपालिका र जिल्लाभर केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुर्य थापा, नौबहिनी र झिमरुक गाउँपालिकामा पुर्व केन्द्रिय सदस्य हरि रिजाल, स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा लुम्बिनी प्रदेश सचिवालय सदस्य तुल्सिराम शर्मा, सरुमारानी र मल्लरानी गाउँपालिकामा लुम्बिनी प्रदेश सचिवालय सदस्य धनबहादुर रायमाझी, गौमुखी र ऐरावती गाउँपालिकामा धर्म गिरीलाई प्रतिनिधि तोकिएको छ ।
अभियान अन्तर्गर केन्द्रिय कमिटीले तय गरेको कार्ययोजना कार्यान्वयन गर्दै आवश्यकता अनुसार वडा र पालिका अधिबेशन गर्ने निर्णय भएको सचिव पोख्रेलले जानकारी दिनुभयो ।







