प्यूठान । जनता माध्यमिक विद्यालय बाग्दुलाका विद्यार्थीहरुका लागि जुनियर डिभिजन राष्ट्रिय सेवा दल (एनसीसी) तालिम संचालन भैरहेको छ ।
असार १ गतेदेखि सुरु भएको तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ । सि.सं. ५२ जुनियर डिभिजन एनसीसी तालिममा १५ छात्र र १५ छात्रा गरी ३० जना विद्यार्थी सहभागी रहेका छ्न ।
तालिमले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, शारीरिक तथा मानसिक क्षमता र राष्ट्रसेवाको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
विद्यालय तहदेखि नै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र नेतृत्वदायी भूमिकाका लागि तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको एनसीसी तालिमले विद्यार्थीको व्यक्तित्व विकासमा समेत सहयोग पुर्याउने छ ।





