समाज

लुङमा युवा मृत फेला परेको घटनाको अनुसन्धान गर्दै प्रहरी

प्यूठान । नौबहिनी गाउँपालिका-६ लुङमा मृत अवस्थामा युवाको शव फेला परेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । मृत्त अवस्थामा फेला परेका १९ वर्षीय मधु सुनारकी आमाले किटानी जाहेरी दिए पछि पाँच जनालाई हिरासतमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले जानकारी दिनुभयो ।

घटना अघि स्थानीय एक विद्यालय हाताभित्र बन भोज खाइरहेको अवस्थामा युवा समूह र स्थानीय बिच बिवाद भएको बताइएको छ ।

जेठ ३ गते फेरा सामुदायिक वनको खोल्सामा मृत अवस्थामा मधुको शव फेल परेको प्रहरीले जनाएको छ ।

उजुरीका आधारमा प्रहरीले ५ जनालाई हिरासतमा लिएको छ । पक्राउ पर्नेहरुमा ४२ वर्षका केशब के.सी., ३० वर्षका गोविन्द घर्ति, २६ वर्षका नरेन्द्र के.सी., ३१ वर्षका बसन्त बहादुर घर्ती र १९ वर्षका युवराज के.सी. रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button