> राष्ट्रिय > प्यूठानमा दाहासंस्कार सकेर फर्केका मलामी माथी आक्रमण


प्यूठानमा दाहासंस्कार सकेर फर्केका मलामी माथी आक्रमण

प्यूठान । वुधबार दिउँसो प्यूठानको झिमरुक नदीमा आफन्तको दाहसंस्कार गरि फर्केका मलामीमाथी भएको आक्रमणको विरोध गर्दै युवा संगठन नेपालले घटना संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

 

सासुआमाको दाहासंस्कार सकेर मलामी सहित फर्किदै गरेको बेला २०/२५ जना युवाको समुहले एक्कासी आक्रमण गर्दा संगठनका सदस्य बुद्ध बहादुर नेपाली घाईते भएको भन्दै कारवाहीको माग गरेको हो ।

घटनामा ३ घाईते, चार जना प्रहरी नियन्त्रणमा
उक्र घटनामा तीन जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार घाईतेको बुटवलमा उपचार भइरहेको छ ।

 

४ जना प्रहरीको नियन्त्रणमा
घटना संलग्न रहेकामध्ये ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो रिसिवीका कारण घटना भएको प्रारम्भीक जानकारी आएको गैरेले बताउनुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *