> समाज > प्यूठानमा मतगणना भोलि शुक्रवार बिहानदेखि हुने


प्यूठानमा मतगणना भोलि शुक्रवार बिहानदेखि हुने

प्यूठान । प्रतिनिधि सभा सदस्यका लागि बिहिवार भएको मतदानको मतगणना भोलि शुक्रवारदेखि हुने भएको छ ।

 

मतपेटिकाहरु मतदान स्थलबाट आउने क्रममा रहेको र आउन समय लाग्ने भएकाले भोलि मात्र गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

बिहान ७ बजे सर्बदलिय बैठक पश्चात मतगणना शुरु हुने एमाले प्यूठानका अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो ।