प्यूठान । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यलय प्यूठानले मदिरा बिक्री बितरणमा रोक लगाएको छ । आज मध्यराति १२ बजेदेखि लागू हुने गरि मादक पदार्थको विक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिवन्ध लगाएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार निर्वाचनको अन्तिम परिणाम घोषण नभएसम्मका लागि यस्तो प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनुभयो ।
कार्यालयले सार्बजनिक सूचना जारी गर्दै सम्बद्ध सबै व्यवसायी, वितरक एवम् आम सर्वसाधारणहरुले ओसारपसार तथा सेवन नगर्न अनुरोध गरेको छ ।

