समाज

प्यूठानका सबै पालिकामा फागुन १५ गते सार्बजनिक बिदा

प्यूठान । जिल्लामा रहेका नौवटै पालिकाले फागुन १५ गते सार्बजनिक बिदा दिएका छ्न । स्थानीय बिदाबाट कट्टी हुने गरि बिदा दिएका हुन ।

 

शुक्रवार ४४ औं मगर दिवसको अवसर पारेर बिदा दिएको पालिकाहरुले जनाएका छ्न । पालिकाहरुका अनुसार कार्यपालिकाको वैठक निर्णय अनुसार बिदा दिएका हुन ।

 

बिदाको दिन पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक)बाट प्रदान गरिने सेवाहरु बन्द हुनेछन ।

Related Articles

Back to top button