प्यूठान । नेपाली कांंग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्यूठानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रा.डा. गोविन्दराज पोख्रेलले जेनजी आन्दोलनको माग पुरा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताउनुभएको छ । विहिवार गौमुखी गाउँपालिकाको ठूलावेशी आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘जिल्लामा जसरी बिकास र समृद्धि हुनुपर्ने हो, सो अनुसार भएको छैन ।’ ,उहाँले भन्नुभयो, ‘जिल्लाका मुहार फेर्ने गरी काम गर्न आएको छु ।’ विकास, समृद्धिको जनआकांक्षी पुरा गर्नु आफ्नो कर्तव्य भएको उहाँले उल्लेख गर्नुभयो ।
‘कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी प्रदेश सभा सदस्य सरोज थापाले बिकासको काम थाल्नु भएको छ ।’ ,कांग्रेस उम्मेदवार पोख्रेलले भन्नुभयो, ‘त्यसमा हातेमालो गर्दै जिल्लालाई बिकसित जिल्लाको हैसियतमा पु¥याउने छु ।’
आफु राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा सुरु गरेको आयोजनालाई पुरा गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । रोजगारीका अवसर सिर्जना गर्ने, नौमुरे जलबिद्युत परियोजना सम्पन्न गर्ने र भालुवाङ्ग–बाग्दुला–ठुलाबेसी– बाग्लुङ्ग भिमगिठे त्रिदेशीय सडक निर्माण गरी पर्यटन गतिबिधी बढाउने उहाँले योजना सुनाउनुभयो ।
