समाज

युवा संघ प्यूठानद्वारा मृगौला पीडितलाई सहयोग

प्यूठान । राष्ट्रिय युवा संघ नेपाल प्यूठानले २६ औ अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मृगौला पीडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

 

प्यूठान नगरपालिका-८ रज्यानका ५८ वर्षिय रामे सुनारलाई २१ हजार रुपैयाँ नगद सहयोग गरेको युवा संघका अध्यक्ष महेश पाण्डेले बताउनुभयो । दुवै मृगौला फेल भैइ सुनार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा उपचाररत हुनुहुन्छ ।

 

साताको दुई पटक डाइलासिस गर्नुपर्ने र आर्थिक अवस्था कमजोर भएकाले सहयोग उपलब्ध गराएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

Related Articles

Back to top button