प्यूठान । झिमरुक गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको सूचना अनुसार स्वतन्त्र र दलहरुबाट गरि ७ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेबाट हुकुम बहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट टिका बहादुर जिसी, नेकपा माओवादी केन्द्रबाट पित बहादुर महतरा, नेकपा मालेबाट चुमानसिंह खत्री, जनता समाजवादी पार्टीबाट दान बहादुर बस्नेत र स्वतन्त्र रुपमा डेकेन्द्र विक्रम जिसी र सुवास जिसीले उम्मेदवारी दिनुभएको हो ।
उपाध्यक्ष पदका लागि पनि ५ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट प्रमोद पोख्रेल, नेकपा एमालेबाट विष्णु घर्तीमगर, नेकपा माओवादी केन्द्रबाट रुपमा जिसी, जनता समाजवादी पार्टीबाट रचना थापा र स्वतन्त्रबाट सरस्वती आचार्यले उम्मेदवारी दिनुभएको छ ।
जम्मा ३७ पदका लागि पालिकामा १४५ जनाको उम्मेदवारी परेको छ ।
