> स्थानीय सरकार > स्वर्गद्धारीको ४ र ५ मा गठबन्धन विजयी


स्वर्गद्धारीको ४ र ५ मा गठबन्धन विजयी

प्यूठान । स्वर्गद्धारी नगरपालिकाको ४ र ५ नम्वर वडामा गठबन्धन विजयी भएको छ । यसअघि नेकपा एमालेले जितेको दुई वडामा गठबन्धनको प्यानल विजयी भएको छ ।

 

४ नम्वर वडामा गठबन्धनका सुवणर् श्रेष्ठ (सुमन) ८५४ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र हमालले ६५३ मत प्राप्त गर्नुभएको छ ।

 

त्यसैगरि ५ नम्वर वडामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गिर बहादुर घर्तिमगर १२७५ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका भरत राउतले ५३५ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *