> समाज > गौमुखीमा नि:शुल्क स्वास्थ्य शिबिर, २३० जनाको उपचार


गौमुखीमा नि:शुल्क स्वास्थ्य शिबिर, २३० जनाको उपचार

प्युठान । गौमुखी गाउँपालिकाको आयोजना, मानसिक रोग अस्पताल लगनखेल काठमाडौं एबम प्युठान अस्पताल बिजुवारको प्राबिधिक सहयोग तथा स्वास्थ्य कार्यालय प्युठानको समन्वयमा नि:शुल्क स्वास्थ्य शिबिर सप्पन्न भएको छ ।

 

 

पुजा स्वास्थ्य चौकी लिबासेमा भएको एक दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २३० जना बिरामीले सेवा लिएको गाउँपालिका उपाध्यक्ष महाबीर रानाले जानकारी दिनुभयो ।शिविरमा स्वास्थ्य चेकजाँच, परामर्श परिक्षण तथा औषधी वितरण गरिएको थियो । शिबिरमा गम्भीर मानसिक समस्या भएका बिरामीको समेत उपचार शुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *