राजनीतिसमाज

प्यूठानमा यसरी बाँडिदैछ बामदेवले पठाएको मास्क

प्यूठान, २६ जेठ । नेकपा केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले जिल्लामा पठाएको सर्जिकल मास्क जिल्लामा बाँड्न थालिएको छ । नेता गौतमले जिल्ला पठाएको एक लाख थान मास्क जिल्लाभर वितरण थालिएको हो ।

मास्क जिल्लाका सवै स्थानीय तह, ६४ वटै वडा, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नेपाली सेना, नेपाल प्रहरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपाका पालिका कमिटी, पत्रकार महासंघ, जिल्ला प्रशासन, कारागार, राष्ट्रिय अनुसन्धान लगायतलाई वितरण गरिने नेकपाका नेता विजय विराज विष्टले बताउनुभयो ।

पालिकामा पाँच सय, वडामा एक हजार, जिल्ला अस्पतालमा पाँच हजार, स्वास्थ्य कार्यालय दुई हजार पाँच सय, प्रहरीलाई दुई हजार, प्राथमिक स्वास्थ्य केन्द्र दुई हजार पाँच सय, राजनीतिक दललाई एक हजारका दरले वितरण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि नेता गौतमले पठाएको पीपीई लगायतका स्वास्थ्य सामाग्री जिल्लामा वितरण गरिएको थियो ।

Related Articles

Back to top button