प्यूठान । झिमरुक गाउँपालिका वडा नं.१ मा एमाले-माओवादी गठबन्धनको प्यानल विजयी भएको छ । अध्यक्षका उम्मेदवार धुर्वराज खनालले १००९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।
उहाँको प्रतिस्पर्धी राजमो-कांग्रेसका अध्यक्षका उम्मेदवार राम बहादुर जिसीले ६१९ मत प्राप्त गनुृभएको छ । त्यसैगरि महिला सदस्यमा यमुना घर्ती मगर, दलित महिला सदस्यमा गिता सुनार, खुल्ला सदस्यमा प्रतिमान पुन र शंकर पोख्रेल विजयी हुनुभएको छ ।
