प्यूठान ।पाँच वर्षपछि स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ । ०७४ को निर्वाचनमा प्यूठान नगरपालिकामा २२ हजार ७८८ मतदाता थिए । अहिले उक्त संख्या बढेर २९ हजार ८८६ पुगेका छन् ।
अघिल्लो निर्वाचनमा १६ हजार ८७ जनाले मतदान गरेका थिए । जुन ७०.६० प्रतिशत हो । २४७ मत पूणर् रुपमा बदर भएको थियो ।
अघिल्लो स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदमा ८ जनाले उम्मेदवारी दिएका थिए ।
उप प्रमुख पदमा पनि ८ जनाले उम्मेदवारी दिएका थिए । अहिले प्रमुखमा ४ जना र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ ।